Friday, July 19, 2013

मुक्तक


मन्दिरमा धर्मका व्यापारी छन्
सिधा र सुकोका भिखारी छन्
भो नधाऊ भगवान पुज्न भन्दै
त्यहाँ सिर्फ मूर्तिका पूजारी छन्
-
कहिले प्रेम बाङ्गिएको कथा लेखें
कहिले प्रीति नाङ्गिएको कथा लेखें
वेहिसाव भो मेरो निर्दोष माया भन्दै
ऊसङै आज झाङ्गिएको कथा लेखें ।।
-
नबसुँ भो जाउँ जाउँ भन्छौ त्यो शहरमा के छ भन ?
आउन्न भन्दा तानी रहन्छौ त्यो रहरमा के छ भन ?
चुमुँला रे अनेकानेक अङ्ग तिम्रो अङ्गालोमा बेरिएर
पिउन्न भन्दा कर लाउछौ त्यो जहरमा के छ भन ? ...
-
भन्दिन म घात गरी
पापिनीले वर्वाद गरी
मेरै गल्ती पापिनीलाई
विश्वास गर्नु अगाध गरी ।।

Thursday, July 18, 2013

मुक्तक

29 June 2013 at 15:11

रातको अन्तिम प्रहर सँगै 
छुट्नु  पर्ने कहर सँगै 
मूना मदन व्यस्त हुन्छन् 
एकबार  अतृप्त रहर सँगै ।।
-
के -के  कुरा  सुनेको छु ऐले भन्दिन
आस नगर भरे भोलि मैले भन्दिन
भने भने जरुर तिमी रिसाउछौ मसँग 
त्यै कारण माफ गर कहिल्यै भन्दिन ।।

गीत

17 June 2013 at 00:08


फुल्न नपाई झरें भने वसाईं एक्लै सरें भने 
सम्झी सम्झी नरोऊ प्रिया परदेसैमा मरें भने

अजम्बरी कस्ले पाछ एकदिन धर्ती छोड्नु पर्छ
एउटासँग नाता टुटे अर्कोसँग जोड्नु पर्छ 
उजेलीमा हाँस्न खोज्दा अँधेरी मै परें भने 
सम्झी सम्झी नरोऊ प्रिया परदेसैमा मरें भने 

तिमीसँगै जवानीको खुशी बाँड्छु भन्दा भन्दै 
तिम्ले रहर मसँग नै साट्ने दिन गन्दा गन्दै 

किनारमा तिम्लाई छोडि एक्लै जङ्घार तरें भने 
सम्झी सम्झी नरोऊ प्रिया परदेसैमा मरें भने

फुल्न नपाई झरें भने वसाईं एक्लै सरें भने 
सम्झी सम्झी नरोऊ प्रिया परदेसैमा मरें भने 

निरु अभागी 
३१ जेष्ठ २०७०

गीत

गीत

30 June 2013 at 11:24
तिम्रै यादमा बित्छन् अचेल दिन रातहरु
दुई दिन मै टुट्यो नाता पाइन साथ अरु

भाग्यमानी रैछौ तिमी अभागी मै परें
फूल्न खोजें  तिमी भित्र कोपिलामै झरें
डाली बाट खसें लाग्थ्यो  तिम्रै हातमा परुँ
दुई दिन मै ..................................
..................................दिन रातहरु

सल्लाह सुझाव दिनुहोस