Thursday, July 18, 2013

मुक्तक

29 June 2013 at 15:11

रातको अन्तिम प्रहर सँगै 
छुट्नु  पर्ने कहर सँगै 
मूना मदन व्यस्त हुन्छन् 
एकबार  अतृप्त रहर सँगै ।।
-
के -के  कुरा  सुनेको छु ऐले भन्दिन
आस नगर भरे भोलि मैले भन्दिन
भने भने जरुर तिमी रिसाउछौ मसँग 
त्यै कारण माफ गर कहिल्यै भन्दिन ।।

-
दिदी माथि सौता मलाई हाल्छु भन्छन् भिनाजुले 
दिद बहिनी दुईटैलाई पाल्छु भन्छन्  भिनाजुले
दिदी बचाउँ कि म बचुँ बिलखबन्द परें लौन 
नत्र छुरी हानी एकलाई ढाल्छु भन्छन् भिनाजुले ।।  

निरु अभागी 
ऐसेलुखर्क-५ खोटाङ 
१५ आषाढ २०७०

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस