रातमा हुनेछु म तब उन्मादमा हुनेछु
जब म तिम्रो न्यान्यो काखमा हुनेछु ।
के म किन कहिल्यै तिमी विना एक्लै
खुशी हुँला त मायाको बातमा हुनेछु ।
मान्छे हुँ मन छ आसुँ छन् मेरा पनि
जरुर म दुखी विश्वास घातमा हुनेछु ।
भाग्य भावीले लेख्छ भन्छन् मानुँला म
भाग्यमानी आफूलाई तिम्रो साथमा हुनेछु ।
No comments:
Post a Comment