Monday, December 30, 2013

मुक्तक

गजल

गजल

17 December 2013 at 17:12

भनुँ कि नभनुँ खै वैंश कल्कलाका कुरा
अङ्ग अङ्ग तरङ्ग भई सल्बलाका कुरा

रात थियो हात थियो उनको मेरो बिच दूरी
वाहाना थ्यो  छोई निदमा चल्मलाका कुरा

कैले हुन्छ  कैले हुन्न भनी गन्थन गर्दै
अङ्गालोमा कसी उन्ले अल्मलाका कुरा

वात एकै मात एकै अन्तिम श्वास सङ्गै
वेहोश  भई  दुबै जना  ढल्पलाका कुरा

निरु अभागी
२ पौष २०७० 

गीत

गीत : कसम भन्छु ....

26 December 2013 at 23:32
कसम भन्छु जिन्दगी यो एक्लै जिउन गाह्रो भा`छ  
जुन मायाले धोका दियो उही माया नै प्यारो लाग्छ
कसम भन्छु जिन्दगी यो एक्लै जिउन गाह्रो भा`छ

भूल्छु भन्छु अतितका दिन आँखाभरि छाईदिन्छ
निष्ठुरीको  सम्झनाले मन  मुटु  यो खाईरहन्छ
नौनी जस्तै पग्लिने दिल पत्थर सरी साह्रो लाग्छ
जुन मायाले धोका दियो उही माया नै प्यारो लाग्छ
कसम भन्छु जिन्दगी यो एक्लै जिउन गाह्रो भा`छ

कोल्टे फेर्दै रात वित्छ दिन उन्कै फोटो  हेरी
टोलाई रन्छ आँखा पनि फर्की आउने बाटो हेरी
कसम भन्छु जिन्दगी यो जिउन एक्लै गाह्रो भा`छ
जुन मायाले धोका दियो उही माया नै प्यारो लाग्छ
कसम भन्छु जिन्दगी यो एक्लै जिउन गाह्रो भा`छ

निरु अभागी
१२ पौष २०७० 

गीत

गीत : तोड्यौ नाता जोड्यौ अन्तै ....

28 December 2013 at 11:52

तोड्यौ नाता जोड्यौ अन्तै मेरो घरवास उठाएर
सजाएथें सप्ना  हजार  गयौ  पल मै झुक्याएर
तोड्यौ नाता जोड्यौ अन्तै मेरो घरवास उठाएर

सुन्छु बाहिर हाँसे पनि भित्र भित्रै रोको छौ रे
अतितका याद आउँदा मेरै तस्विर छोको छौ रे
कुन खुशी मिल्यो तिम्लाई भन यो दिल रुहाएर
सजाएथें सप्ना हजार  गयौ  पल  मै झुक्याएर
तोड्यौ नाता जोड्यौ अन्तै मेरो घरवास उठाएर

जन्म जन्म साथ दिने झूठो कसम खायौ किन
छोड्नै थियो एक्लै आखिर जिन्दगीमा आयौ किन
हाँसी हाँसी कलेजीमा रोप्यौ छुरा लुकाएर
सजाएथें सप्ना हजार गयौ पल मै झुक्याएर
तोड्यौ नाता जोड्यौ अन्तै मेरो घरवास उठाएर

निरु अभागी
१३ पौष २०७०  

सल्लाह सुझाव दिनुहोस