28 December · Edited
#काली तिम्रो कसम ....
त्यो नजर नझुकाकी भए मैले तिम्लाई केर्ने थिईन
चोली तुना नफुकाकी भए मैले तिम्लाई हेर्ने थिईन
ओंठ टोकी शर्माउदै लाजको घुम्टो नसर्काएकी भए
मनोमानी अङ्गालोमा मैले तिम्लाई बेर्ने थिईन ।।
28 December
#भावना
तिमी त खुशी नै छौ भन्ने सुन्छु यहाँ
दिन रात मै तिम्रो यादमा हुन्छु यहाँ
बिझाउँछ विछ्यौना निदरी आउँदैन
अतितलाई सम्झेर एकलै रुन्छु यहाँ
के गरी मन बुझाऊँ पराई भई हाल्यौ
याद तिम्रो मेटाउन तस्विर छुन्छु यहाँ
25 December
#गुनासो
भेट्न भनी बोलाएसी भेट्दा किन तर्क्या होलान् !
संका लाग्छ पक्कै अर्को हेर्न त्यता फर्क्या होलान्
रिसाउनु नि मामूली भए कुरै हुन्न थ्यो नि
यतिविधि रन्किए कि काँसे थाली झर्क्या होलान्
25 December · Edited
#भावना
गुन्गुनाउँछु पखेरुमा गाउँ वेंसीको गीत
हँसिया र डोको नाम्लो वन पाखाको प्रीत
गाई गोठालो खोली किनार भेडा बाख्रासित
वित्दछन् मेरा दिन चर्या हलो जूवा मित
25 December
#मुक्तक
तिम्लाई मन पराउँछु काली तिम्रो कसम
बनाऊ मलाई फूलको माली तिम्रो कसम
हात दिउँला साथ दिउँला चोखो माया पनि
विश्वास गर संका छैन जाली तिम्रो कसम
25 December · Edited
-
पैले जस्तो थियो नारा ऐले ठ्याक्कै उस्तै छ
सामन्ती कि सर्वहारा ऐले ठ्याक्कै उस्तै छ
कुन पार्टीको कुन नेताको विश्वास गरुँ प्रभु !
ज्यानमारा र गरिवमारा ऐले ठ्याक्कै उस्तै छ
16 December
-
सबै बाजी जिते पनि पीरतिमा हारेंको छु
छोडि जाने निष्ठुरीको यादां आसुँ झारेको छु
कर्म दोषी कहाँ हो र नियत नै खराब हो नि
भन्न लाई त भनेकै छु दिल अन्तै सारेको छु ।।
5 December
-
अब त म हाँस्दिन शायद
झूठो नाता गाँस्दिन शायद
पापिनी तिम्रो तस्विर हेर्दै
1 December
#वैगुनी
सुन्छु हल्ला फेरि अर्कैसँग मुटु तिमी बाँड्दै छौ रे
मलाई जस्तै उस्लाई पनि तिम्रै भनी ढाँट्दै छौ रे
नाना थरी आरोप लगाई मेरै कुरा छाँट्दै छौ रे
पैसा सँग त्यो जवानी तिम्रो बजारमा ठाँट्दै छौ रे
19 December
#भावना
पिउन पनि उस्कै नाम लिनु पर्ने
जिउन पनि उस्कै नाम लिनु पर्ने
यति विग्न माया गर्छु म उस्लाई
अनि उस्ले चै किन धोका दिनु पर्ने
22 December · Edited
-
भन्नेले त अनेक भने भन्नेको मुख थुन्न गाह्रो
दुनियाँको नजर सामू जिबन साथी चुन्न गाह्रो
देख्या पनि हो उनलाई भेट्या पनि हो उनलाई
गरे पनि दिलको कुरा माया जाल बुन्न गाह्रो
23 December
#भावना
लाग्छ अचेल छात्तीभित्र मुटुसङै धड्केकी छेऊ
कैले आउँछ फर्की भनी मेरै यादमा तड्पेकी छेऊ
पर्खि बसे काली तिम्लाई भेट्न् आउँला अर्को साल
दु:ख सुख साट्दै दिलमा बुनौंला नि माया जाल
#प्रियामनकोलागि
23 December
-
के छ काली सोधें उनलाई भनिन् हजूरको अभाव छ
कहिले आउनुहुन्छ फर्की सोधिन् विहे गर्ने दवाव छ
भन काली बा-आमालाई साल अरु पर्खने सुझाव छ
भनें उनलाई विश्वास दिलाऊ म मै उसको झुकाव छ
मुक्तक
लीलाम भो माया मेरो एक लाख तिस हजारमा
भयो गल्ती विश्वास गर्नु उसलाई यो संसारमा
बाह्र साल झुठो माया जालमा पारी पापिनीले
तरी खोली अर्कैसँग छोडि मलाई जङ्घारमा ।।
निरु अभागी
ऐसेलुखर्क-५,खोटाङ
८ पौष २०७०
December 25, 2013
मुक्तक
गर्दिन म विश्वास अब मलाई ढाँट्नेको
तिम्रै हुँ म भनी अन्तै मुटु बाँड्नेको
मसँग नि ठीक्क ऊ सँग नि ठीक्क परी
चोक गल्लीमा वैंश बेची कुरा छाँट्नेको
निरु अभागी
ऐसेलुखर्क-५,खोटाङ

No comments:
Post a Comment