Wednesday, August 28, 2013

गीत : पीरहरुमा फूलुँ कि म ....

25 August 2013 at 09:21

पीरहरुमा फूलुँ  कि म भीरहरुमा फूलुँ ?
याद आईरन्छ पापिनीको म कसोरी भूलुँ
पीरहरुमा फूलुँ कि म भीरहरुमा फूलुँ ?

बाँचुञ्जेल साथ दिने वाचा कसम तोडी
जिन्दगीको घुम्तीसङै गयौ मलाई छोडि
शीरहरुमा फूलुँ कि म तीरहरुमा फूलुँ ?
याद आईरन्छ पापिनीको म कसोरी भूलुँ
पीरहरुमा फूलुँ कि म भीरहरुमा फूलुँ ?
न रोउँ भन्छु आसुँ अनायस झरी दिन्छ
न हेरुँ त तस्विर आँखा भरि परि दिन्छ
पीरहरुमा फूलुँ कि म भीरहरुमा फूलुँ ?
याद आईरन्छ पापिनीको म कसोरी भूलुँ
पीरहरुमा फूलुँ कि म भीरहरुमा फूलुँ ?

निरु अभागी
९भाद्र२०७०  

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस