Tuesday, June 18, 2013

गीत

तन्नेरी छु भन्दा भन्दै मुजा परे गाला (कठै !) 
उमेर वैंश ढल्क्यो तर बद्लिएन चाला (हो र ?)
[ए छोरा भन्छन् बाबैले मलाई ए छोरा भन्छिन् आमैले]-२ 

लगन कैले जुराउने हो सोध्थिन् सधैं कालीले 
कैले लाने सोल्ठिनीलाई भन्थिन् दाइ कि सालीले 
कालीले नि विहे गरी सोल्ठिनीको के कुरा भो 
लाहुरेसँग घ्ररबार जोडी जन्मा छिन् रे जुम्ल्याहा पो
[ए छोरा भन्छन् बाबैले मलाई ए छोरा भन्छिन् आमैले ]-२


न त काली न सोल्ठिनी हातबाट दुवै उम्के 
तैंले कुरा खाको भए दुईमा एउटी बुहारी हुन्थे
के गर्छस् त ए मंगले बिग्रिस् आफ्नै वेढंगले 
बुढेस कालां तेरो हात थामी दिन्छ अब कस्ले ? 
[ए छोरा भन्छन् बाबैले मलाई ए छोरा भन्छिन् आमैले ]-२  

निरु अभागी 
ऐसेलुखर्क -५ खोटाङ 
३ आषाढ २०७० 

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस