Thursday, June 6, 2013

गजल

छ चिन्ता कस्लाई यहाँ दरवार बिग्र्यो भनेर ?
छ चिन्ता सब्लाई यहाँ घरबार बिग्र्यो भनेर ।।

चाकडी चापलुसी पाऊ मोल्दै छाप्छौ जब तिमी
म वाध्य हुनेछु भन्न पत्रकार अखवार बिग्र्यो भनेर ।।

 

नपर मख्ख जनता अझैं सोझा छन् भनी भ्रममा 
नसोंच नेता तिमी, कलम र तरवार बिग्र्यो भनेर ?



सजक सचेत अब हुनैपर्छ हामी दुश्मन देखी
पछुताउनु नपरोस् पछी छेकवार बिग्र्यो भनेर ।।

सरकार ! कायम होस् भाईचारा सदभाव एक अर्कामा 
खबरदार औंला उठाउन नपरोस् बारबार बिग्र्यो भनेर  ।।

निरु अभागी
ऐसेलुखर्क -५ खोटाङ
हाल :युएई ९अल ऐन )
२२ जेष्ठ २०७० 

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस