गजल
दवावमा जिउनु के जिउनु
तनावमा जिउनु के जिउनु
जल्दैन चुल्हो साँझ बिहान
अभावमा जिउनु के जिउनु
स्वाभिमान बेची मान्छेको
नकावमा जिउनु के जिउनु
जाँदैन पीडा थपिन्छ भने
सरावमा जिउनु के जिउनु
अस्तित्व लुटाई पराईको
लगावमा जिउनु के जिउनु
निरु अभागी
ऐसेलुखर्क-५ खोटाङ
हाल :युएई (अल ऐन )
२३ जेष्ठ २०७०
No comments:
Post a Comment