Saturday, June 15, 2013

गजल


छैन सानू आफ्नै भर म के  भनुँ ?
आँफै सोंच लाउन्न कर म के भनुँ ?

झुपडीकै वास तिम्रो मनले रोज्छ भने
आकाश छुने छैन घर म के भनुँ ??



कोल्टे फेर्दै रात बित्दा जवानीको
चौतारीमा एक्लो  वर म के भनुँ ?

मन हैन धन हेर्दा रैछन् आफन्त नै
गरीब भनी हुन्छन् पर म के भनुँ ?

भोलि कतै रहरले गाँज्दा तिम्ले पनि
लाग्छ छोडि जाने डर म के भनुँ ??

निरु अभागी
ऐसेलुखर्क-५ खोटाङ
२९ जेष्ठ २०७०

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस