Sunday, June 2, 2013

गीत

हिंड्दा हिंड्दै सम्मै बाटो भीर लाग्न थाल्यो
मरिन्छ कि परदेसैमा (पीर लाग्न थाल्यो )२

(सपनी म देख्छु सधैं रुख ढली र`को..
मलाई सम्झी मेरी प्रिया एक्लै रोई रको)२
आँधी हुरी विना वतास शीर लाग्न थाल्यो
मरिन्छ कि परदेसैमा (पीर लाग्न थाल्यो)२


(पल्लाघरे कान्छो पनि लाहुरे भको छ रे..
पल्टनको छुट्टी मिलाई गाउँमा आको छरे)२
गाउँ घरको याद नि अचेल तीर लाग्न थाल्यो
मरिन्छ कि परदेसैमा (पीर लाग्न थाल्यो )२

हिंड्दा हिंड्दै सम्मै बाटो भीर लाग्न थाल्यो
मरिन्छ कि परदेसैमा (पीर लाग्न थाल्यो )२
हिंड्दा हिंड्दै सम्मै बाटो ~~~~~

निरु अभागी
ऐसेलुखर्क-५ खोटाङ
हाल :अल ऐन (युएई)
१९ जेष्ठ २०७० 

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस