यो जन्म त यस्तै भयो अर्को जन्म पाएँ भने
तिम्रै भई बाँचुला म यो धर्तिमा आएँ भने
यो जन्म त यस्तै भयो`````
बाबा सञ्चो छैनौ कसो दुख्छ दाहिने पाटो
भन्थ्यौ आँफै नछुटोस् है हामी हिंड्ने बाटो
तिम्रै नाम गुन्गुनाउँछु मैले गीत गाएँ भने
यो जन्म त......
के भूल गरेँ मैले नानू तिम्ले मलाई छोड्नु पर्ने ?
खा`को वाचा कसम तोडी अन्तै नाता जोड्नु पर्ने ?
यो जन्म त यस्तै भयो अर्को जन्म पाएँ भने
तिम्रै भई बाँचुला म यो धर्तिमा आएँ भने
यो जन्म त यस्तै भयो ````
निरु अभागी
ऐसेलुखर्क-५ खोटाङ
हाल युएई (अल ऐन )
९ कार्तिक २०६९

No comments:
Post a Comment