Monday, June 3, 2013

गजल

सुत्ने बेला सिरानीमा एउटा फूल भए हुन्थ्यो
दिनभरिको थकान मेट्ने मीठो भूल भए हुन्थ्यो

खोला वारी खोला पारी आँखा तरी  कति बस्नु
दुई मुटुको भेट हुने दिलको पुल भए हुन्थ्यो

छिल्लिएर शर्माउन्दै मदहोशीको काउकुतीले
रातैभरी घात गरी मन बिज्ने शूल भए हुन्थ्यो

धर्ती आकाश बिचको दूरी बराबरी  हुने गरी
यौवनको उन्मादमा मच्चिरने झुल भए हुन्थ्यो

निरु अभागी
ऐसेलुखर्क-५ खोटाङ
हाल :युएई (अल ऐन)
१३ जेष्ठ २०७०  

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस