Monday, June 3, 2013

हाईकु

१.
मन मान्दैन
राग अलापी बस्न
भोको पेटमा ।।
२.
दैवको लीला
राम नाम हो सत्य
मृत्‍युको घडी ।।
३.
दलेर खान्छन्
परिश्रम नगरि
सामन्तीहरु ।।
४.
थपडी मार्नु
स्यावासी ?उपहास?
कसरी बुझ्नु... ।।
५.
आई लव यू
मेड इन नेपाल
(गाई खाने भाषा रे )
म त नेपाली ।।


निरु अभागी
ऐसेलुखर्क -५ ,खोटाङ
हाल :युएई (अल ऐन )
(शनिबार २८ बैशाख २०७० )

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस