Monday, June 3, 2013

गजल

किन गाली गर्छौ काली ?
तिमी फूल म हुँ माली

१)
चोखो माया जिन्दगीमा
पाउने मान्छे भाग्यशाली
२)
बार्है मास एकैनास
हुन्न हेर हरियाली
३)
रित्तो हुन्छ सबै कुरा
तर माया हुन्न खाली
४)
कस्ले सक्छ बजाऊन
एक हात यहाँ ताली ?
५)

निरु अभागी
ऐसेलुखर्क-५खोटाङ
हाल :अल ऐन (युएई)
१५ असार २०६९

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस