Tuesday, June 18, 2013

गीत

तन्नेरी छु भन्दा भन्दै मुजा परे गाला (कठै !) 
उमेर वैंश ढल्क्यो तर बद्लिएन चाला (हो र ?)
[ए छोरा भन्छन् बाबैले मलाई ए छोरा भन्छिन् आमैले]-२ 

लगन कैले जुराउने हो सोध्थिन् सधैं कालीले 
कैले लाने सोल्ठिनीलाई भन्थिन् दाइ कि सालीले 
कालीले नि विहे गरी सोल्ठिनीको के कुरा भो 
लाहुरेसँग घ्ररबार जोडी जन्मा छिन् रे जुम्ल्याहा पो
[ए छोरा भन्छन् बाबैले मलाई ए छोरा भन्छिन् आमैले ]-२

Saturday, June 15, 2013

गजल


छैन सानू आफ्नै भर म के  भनुँ ?
आँफै सोंच लाउन्न कर म के भनुँ ?

झुपडीकै वास तिम्रो मनले रोज्छ भने
आकाश छुने छैन घर म के भनुँ ??

Thursday, June 6, 2013

गजल

छ चिन्ता कस्लाई यहाँ दरवार बिग्र्यो भनेर ?
छ चिन्ता सब्लाई यहाँ घरबार बिग्र्यो भनेर ।।

चाकडी चापलुसी पाऊ मोल्दै छाप्छौ जब तिमी
म वाध्य हुनेछु भन्न पत्रकार अखवार बिग्र्यो भनेर ।।

 

नपर मख्ख जनता अझैं सोझा छन् भनी भ्रममा 
नसोंच नेता तिमी, कलम र तरवार बिग्र्यो भनेर ?

गजल



दवावमा जिउनु के जिउनु
तनावमा जिउनु के जिउनु

जल्दैन 
चुल्हो साँझ बिहान
अभावमा जिउनु के जिउनु

स्वाभिमान बेची मान्छेको
नकावमा जिउनु के जिउनु

Tuesday, June 4, 2013

गीत : कुन पहाडले छेक्छ माया ...?

कुन पहाडले छेक्छ माया... नदेखिने  गरि
तिम्रो याद नआउने भए , जान्थें वसाईं सरि
कुन पहाडले छेक्छ माया ...?

झिस्मिसेमा किरण बनि आउछौ भनि मैले
भञ्ज्याङमा कुर्थें तिम्लाई  घाम आउनु पैले 
झिस्मिसेमा किरण बनि आउछौ भनि मैले
भञ्ज्याङमा कुर्थें तिम्लाई  घाम आउनु पैले
आखिर अन्तै मोड्यौ पाइला नभेटिने गरि 
तिम्रो याद नआउने भए , जान्थें बसाइँ सरि
कुन पहाडले छेक्छ माया ...?

तिमी हिड्ने बाटोभरि मनको फूल छरिरहें
मुटुभित्र राखि तिम्लाई सधैं माया गरिरहें
तिमी हिड्ने बाटोभरि मनको फूल छरिरहें
दिलभित्र सजाई तिम्लाई सधैं माया गरिरहें
रेट्यौ तिम्ले मेरो मुटु नदेखिने गरि
तिम्रो याद नआउने भए , जान्थें वसाईं सरि
कुन पहाडले छेक्छ माया....?

निरु अभागी
ऐसेलुखर्क-५ खोटाङ
हाल :युएई (अल ऐन )
८ चैत्र २०६९

गीत

यो  जन्म  त यस्तै भयो अर्को जन्म पाएँ भने
तिम्रै भई  बाँचुला म यो धर्तिमा  आएँ   भने
यो जन्म त यस्तै भयो`````

बाबा सञ्चो छैनौ  कसो  दुख्छ  दाहिने  पाटो
भन्थ्यौ आँफै नछुटोस् है  हामी  हिंड्ने  बाटो
तिम्रै नाम गुन्गुनाउँछु  मैले  गीत  गाएँ भने

Monday, June 3, 2013

गजल

किन गाली गर्छौ काली ?
तिमी फूल म हुँ माली

१)
चोखो माया जिन्दगीमा
पाउने मान्छे भाग्यशाली

गजल

सुत्ने बेला सिरानीमा एउटा फूल भए हुन्थ्यो
दिनभरिको थकान मेट्ने मीठो भूल भए हुन्थ्यो

खोला वारी खोला पारी आँखा तरी  कति बस्नु
दुई मुटुको भेट हुने दिलको पुल भए हुन्थ्यो

छिल्लिएर शर्माउन्दै मदहोशीको काउकुतीले
रातैभरी घात गरी मन बिज्ने शूल भए हुन्थ्यो

हाईकु

१.
मन मान्दैन
राग अलापी बस्न
भोको पेटमा ।।
२.
दैवको लीला
राम नाम हो सत्य

Sunday, June 2, 2013

मुक्तक


उन्ले सोधिन्: तिम्री प्रिया कस्ती हुनुपर्छ ?
जवाफ दिएँ-मदनकी मूना जस्ती हुनुपर्छ !


यानी तिमी चाहन्नौ है.. मुस्कुराउँदै भनिन्
सधैं सँगै रही  प्रेमिल मस्ती हुनुपर्छ ??

मुक्तक

ओ मदिरा ! तँलाई  ताने  यार
नरिसा ल ! दिन मै  हाने यार
नबुझ्नेले  खै के-के  ठाने होला
अरु क्यै  होइन तीन्पाने यार ।।

मुक्तक

हुने  भए  साँच्चै  म  काल   बन्ने थिएँ
म रे प छि चि हा न  आँफै  खन्ने थिएँ
के  गर्नु छ के  खानु छ  गरीहाल  है !
भनी म  साल  अघि सब्लाई भन्ने थिएँ ।।।

गीत

हिंड्दा हिंड्दै सम्मै बाटो भीर लाग्न थाल्यो
मरिन्छ कि परदेसैमा (पीर लाग्न थाल्यो )२

(सपनी म देख्छु सधैं रुख ढली र`को..
मलाई सम्झी मेरी प्रिया एक्लै रोई रको)२
आँधी हुरी विना वतास शीर लाग्न थाल्यो
मरिन्छ कि परदेसैमा (पीर लाग्न थाल्यो)२

सल्लाह सुझाव दिनुहोस