Thursday, July 18, 2013

गीत

गीत

30 June 2013 at 11:24
तिम्रै यादमा बित्छन् अचेल दिन रातहरु
दुई दिन मै टुट्यो नाता पाइन साथ अरु

भाग्यमानी रैछौ तिमी अभागी मै परें
फूल्न खोजें  तिमी भित्र कोपिलामै झरें
डाली बाट खसें लाग्थ्यो  तिम्रै हातमा परुँ
दुई दिन मै ..................................
..................................दिन रातहरु

 
सार्दा सर्ने माया कस्तो लाग्छ खेल जस्तो
बने आँखा सावन भदौ वर्षे भेल जस्तो
यता बाढी चले तिम्रो दिलमा लाग्थ्यो सरुँ 
दुई दिन मै टुट्यो.............................
...................................दिन रातहरु
  
निरु अभागी
ऐसेलुखर्क -५ खोटाङ
१३ आषाढ २०७०

No comments:

Post a Comment

सल्लाह सुझाव दिनुहोस