मुक्तक
१.
-
भन भन्छौ के भनुँ खै भन्नुपर्ने खास छैन
वर्षौं भयो परदेसां घर कैल्यै वास छैन
आज आज भोलि भोलि भन्दै दश साल बित्यो
आफनाले भन्छन् अब फर्की आउने आस छैन ।।
२.
क्यै भन्यो कि रुन्छौ बानी भयो हेर
रोए पछी आसुँ पानी भयो हेर
वियोगमा तड्पी बसुँ अब कति ?
नभन है वैश हानी भयो हेर ।।
३.
#हजूर
बोल्न पाएँ भन्दैमा हावा नबोल्नु
यदि आफ्नो वशमा छैन दावा नबोल्नु
स्रोत साधन सामर्थ्य क्यै नभई
वैरी निचो देखेर धावा नबोल्नु ।।
४.
#अनुरोध
संघियताको माग सँगै देश नबिर्सौं
स्वाभिमानको राग सँगै रेस नबिर्सौं
मेची महाकाली बस्ने एक हौं नेपाली
पहिचानको धाक सँगै भेष नबिर्सौं ।।
५.
#के गरम् ?
मर्न मन लागे मर्नु नि रे
फुट्या आँखा अन्तै तर्नु नि रे
दिना सबै जोरी पारी हेर्छन्
रातां चैं नजिक सर्नु नि रे
६.
#रुवाई
म बोलेको यदि सुन्नु हुन्छ भने
पीरतिको जाल बुन्नु हुन्छ भने
सहुँला म के भो आफ्नै ठानी संधैं
कलेजीमा साँच्चै थुन्नु हुन्छ भने
७.
#मलाई
मेरो यादमा तिमी नरुनु भनि पापिनीले
आँसु झारी मूहार नधुनु भनि पापिनीले
हिजोसम्म म तिम्री थिएँ आज अर्कै कि भएँ
मेरो तस्विर अब नछुनु भनि पापिनीले
८.
#अचेल
बानी परेर हो कि कसो नडराउने भको छु
हराओस् भनी श्राप नदिनु नहराउने भको छु
दिनुस् सबै गाली मलाई जति दिन सक्नु हुन्छ
बुझ्नु होला है अचेल म नकराउने भको छु ।।
९.
किन बोलाउँ भेट्दाखेरी आँफै तर्किनेलाई
बोले पनि अभिमानले व्यर्थै झर्किनेलाई
बिना तारिफ अप्सरा हुँ भन्दै सर्किनेलाई
भो भो नपर्ख भो भन्छु मलाई पर्खिनेलाई
१०.
याद छ रे उन्लाई रात परेको बेला
छिल्लिएर संगै बात गरेको बेला
प्रीति फूल टिप्न हात सरेको बेला
अङ्गालोले कसी मात भरेको बेला
११.
#निष्ठुरी
मै दुखें तिम्रो प्रेममा तिमी नदुख्नु है
मै सुकें तिम्रो प्रेममा तिमी नसुक्नु है
छोएर तिम्रै तस्विर म फेरि छुन्न भन्दै
मै झुकें तिम्रो प्रेममा तिमी नझुक्नु है ।।
१२.
#नानू
झुठो रैछ तिम्रो वाचा मलाई माया गर्छु भन्ने
तिम्रो हुन नपाए म विष पिएर मर्छु भन्ने
पीरतिका फूल मेरा भन्थ्यौ तिम्रै हातमा फुलोस्
अन्त फुल्न परे म त ओइलिएर झर्छु भन्ने ।।
१३.
अधरमा छौ तिमी नजरमा छौ
गाउँमा छु म तिमी शहरमा छौ
तिमी मलाई सम्झ या नसम्झ
मेरो हर धड्कनको रहरमा छौ ।।
१४.
#नेताजी
भोट माग्न गाउँ गाउँ पुग्नुहुन्छ
जनताका पीर मार्का बुझ्नु हुन्छ
चुनाव जितेसी पाँच वर्षसम्म
भत्ता खाँदै कुन दूला लुक्नुहुन्छ ?
१५.
बाँडौंला नि सुख दुख मिलि बराबरी
हाँसो अनि आँसु पनि भाग गरि गरी
कस्ले रोक्छ कस्ले छेक्छ चोखो माया हाम्रो
सङ्गालेर राखौंला नि सधैं मुटु भरि ।।
१६.
पहिलो नजर देख्दै उन्लाई कस्तो चाहा भयो
कसैकी रैछिन् उनी चिनाजानी पछी थाहा भयो
भो भो वखान व्यर्थै नगर ओई अभागी `निरु`
परीसँग जिउने मर्ने तेरो सप्ना स्वाहा भयो ।
१७.
-
रिसाएर दूर भाग्छौ उति नजिक सरुँ लाग्छ
मलाई घ्रीणा गरे पनि तिम्लाई माया गरुँ लाग्छ
आवारा या पागल भन या त हरि कंगाल
तिमीसङै बाचुँ अनि तिमीसँगै मरुँ लाग्छ ।।
१८.
चैतमा पानी खोलीले खायो रे
अल्लारे मन बोलीले खायो रे
ढल्कियो वरै जवानी सानीको
भन्दै छिन् वैश चोलीले खायो रे ।।
१९.
नभए नि खाने अन्न, सुन छ भन्दिऊँ कि ?
गाडी बङ्ला नोकर चाकार, हुन्छ भन्दिऊँ कि ?
सत्य भन्नु पर्दा ,घर न घाटको मान्छे हुँ म
बिहान बेल्की छाक टार्न मन रुन्छ भन्दिऊँ कि ?
२०.
लाग्छ तिम्रो माया जाल तान लाए जस्तो
ओखलमा धान फल्न घान लाए जस्तो
धारिलो छ कति भनु हुन्न छुरी पनि
वचनले मुटु काट्न शान लाए जस्तो ।।
२१.
जुन पार्टी नेता आए नि ताल उस्तै छ
गरीब जनता नेपालको हाल उस्तै छ ।।
कौडी हारोस् या करोड मारोस् जुवाडेले
दाम मात्र तल माथि खाल उस्तै छ ।।
१.
-
भन भन्छौ के भनुँ खै भन्नुपर्ने खास छैन
वर्षौं भयो परदेसां घर कैल्यै वास छैन
आज आज भोलि भोलि भन्दै दश साल बित्यो
आफनाले भन्छन् अब फर्की आउने आस छैन ।।
२.
क्यै भन्यो कि रुन्छौ बानी भयो हेर
रोए पछी आसुँ पानी भयो हेर
वियोगमा तड्पी बसुँ अब कति ?
नभन है वैश हानी भयो हेर ।।
३.
#हजूर
बोल्न पाएँ भन्दैमा हावा नबोल्नु
यदि आफ्नो वशमा छैन दावा नबोल्नु
स्रोत साधन सामर्थ्य क्यै नभई
वैरी निचो देखेर धावा नबोल्नु ।।
४.
#अनुरोध
संघियताको माग सँगै देश नबिर्सौं
स्वाभिमानको राग सँगै रेस नबिर्सौं
मेची महाकाली बस्ने एक हौं नेपाली
पहिचानको धाक सँगै भेष नबिर्सौं ।।
५.
#के गरम् ?
मर्न मन लागे मर्नु नि रे
फुट्या आँखा अन्तै तर्नु नि रे
दिना सबै जोरी पारी हेर्छन्
रातां चैं नजिक सर्नु नि रे
६.
#रुवाई
म बोलेको यदि सुन्नु हुन्छ भने
पीरतिको जाल बुन्नु हुन्छ भने
सहुँला म के भो आफ्नै ठानी संधैं
कलेजीमा साँच्चै थुन्नु हुन्छ भने
७.
#मलाई
मेरो यादमा तिमी नरुनु भनि पापिनीले
आँसु झारी मूहार नधुनु भनि पापिनीले
हिजोसम्म म तिम्री थिएँ आज अर्कै कि भएँ
मेरो तस्विर अब नछुनु भनि पापिनीले
८.
#अचेल
बानी परेर हो कि कसो नडराउने भको छु
हराओस् भनी श्राप नदिनु नहराउने भको छु
दिनुस् सबै गाली मलाई जति दिन सक्नु हुन्छ
बुझ्नु होला है अचेल म नकराउने भको छु ।।
९.
किन बोलाउँ भेट्दाखेरी आँफै तर्किनेलाई
बोले पनि अभिमानले व्यर्थै झर्किनेलाई
बिना तारिफ अप्सरा हुँ भन्दै सर्किनेलाई
भो भो नपर्ख भो भन्छु मलाई पर्खिनेलाई
१०.
याद छ रे उन्लाई रात परेको बेला
छिल्लिएर संगै बात गरेको बेला
प्रीति फूल टिप्न हात सरेको बेला
अङ्गालोले कसी मात भरेको बेला
११.
#निष्ठुरी
मै दुखें तिम्रो प्रेममा तिमी नदुख्नु है
मै सुकें तिम्रो प्रेममा तिमी नसुक्नु है
छोएर तिम्रै तस्विर म फेरि छुन्न भन्दै
मै झुकें तिम्रो प्रेममा तिमी नझुक्नु है ।।
१२.
#नानू
झुठो रैछ तिम्रो वाचा मलाई माया गर्छु भन्ने
तिम्रो हुन नपाए म विष पिएर मर्छु भन्ने
पीरतिका फूल मेरा भन्थ्यौ तिम्रै हातमा फुलोस्
अन्त फुल्न परे म त ओइलिएर झर्छु भन्ने ।।
१३.
अधरमा छौ तिमी नजरमा छौ
गाउँमा छु म तिमी शहरमा छौ
तिमी मलाई सम्झ या नसम्झ
मेरो हर धड्कनको रहरमा छौ ।।
१४.
#नेताजी
भोट माग्न गाउँ गाउँ पुग्नुहुन्छ
जनताका पीर मार्का बुझ्नु हुन्छ
चुनाव जितेसी पाँच वर्षसम्म
भत्ता खाँदै कुन दूला लुक्नुहुन्छ ?
१५.
बाँडौंला नि सुख दुख मिलि बराबरी
हाँसो अनि आँसु पनि भाग गरि गरी
कस्ले रोक्छ कस्ले छेक्छ चोखो माया हाम्रो
सङ्गालेर राखौंला नि सधैं मुटु भरि ।।
१६.
पहिलो नजर देख्दै उन्लाई कस्तो चाहा भयो
कसैकी रैछिन् उनी चिनाजानी पछी थाहा भयो
भो भो वखान व्यर्थै नगर ओई अभागी `निरु`
परीसँग जिउने मर्ने तेरो सप्ना स्वाहा भयो ।
१७.
-
रिसाएर दूर भाग्छौ उति नजिक सरुँ लाग्छ
मलाई घ्रीणा गरे पनि तिम्लाई माया गरुँ लाग्छ
आवारा या पागल भन या त हरि कंगाल
तिमीसङै बाचुँ अनि तिमीसँगै मरुँ लाग्छ ।।
१८.
चैतमा पानी खोलीले खायो रे
अल्लारे मन बोलीले खायो रे
ढल्कियो वरै जवानी सानीको
भन्दै छिन् वैश चोलीले खायो रे ।।
१९.
नभए नि खाने अन्न, सुन छ भन्दिऊँ कि ?
गाडी बङ्ला नोकर चाकार, हुन्छ भन्दिऊँ कि ?
सत्य भन्नु पर्दा ,घर न घाटको मान्छे हुँ म
बिहान बेल्की छाक टार्न मन रुन्छ भन्दिऊँ कि ?
२०.
लाग्छ तिम्रो माया जाल तान लाए जस्तो
ओखलमा धान फल्न घान लाए जस्तो
धारिलो छ कति भनु हुन्न छुरी पनि
वचनले मुटु काट्न शान लाए जस्तो ।।
२१.
जुन पार्टी नेता आए नि ताल उस्तै छ
गरीब जनता नेपालको हाल उस्तै छ ।।
कौडी हारोस् या करोड मारोस् जुवाडेले
दाम मात्र तल माथि खाल उस्तै छ ।।

No comments:
Post a Comment