गजल
भनुँ कि नभनुँ खै वैंश कल्कलाका कुरा
अङ्ग अङ्ग तरङ्ग भई सल्बलाका कुरा
रात थियो हात थियो उनको मेरो बिच दूरी
वाहाना थ्यो छोई निदमा चल्मलाका कुरा
कैले हुन्छ कैले हुन्न भनी गन्थन गर्दै
अङ्गालोमा कसी उन्ले अल्मलाका कुरा
वात एकै मात एकै अन्तिम श्वास सङ्गै
वेहोश भई दुबै जना ढल्पलाका कुरा
निरु अभागी
२ पौष २०७०
अङ्ग अङ्ग तरङ्ग भई सल्बलाका कुरा
रात थियो हात थियो उनको मेरो बिच दूरी
वाहाना थ्यो छोई निदमा चल्मलाका कुरा
कैले हुन्छ कैले हुन्न भनी गन्थन गर्दै
अङ्गालोमा कसी उन्ले अल्मलाका कुरा
वात एकै मात एकै अन्तिम श्वास सङ्गै
वेहोश भई दुबै जना ढल्पलाका कुरा
निरु अभागी
२ पौष २०७०

No comments:
Post a Comment