फर्क है घर परदेसी जन्मेको माटोले भन्दै छ
फर्क है आफ्नै गाउँवेसी हिँडेको बाटोले भन्दै छ
फर्क है घर परदेसी.......
-
खोरिया फाँडी बिज लगाऊ पाखुरी चलाई पाखोमा
फल्ने छ अनाज अवश्य पसिना सिंचे बाँझोमा
फर्क है घर परदेसी.......
-
श्रम र सीप खर्चिन्छौ कति दिन पराई भूमिमा
नेपाली गौरव स्वाभिमान छ भने यदि तिमीमा
फर्क है घर परदेसी ........

(*पूरानै रचना आज सम्झिने प्रयास मात्रै है*)
No comments:
Post a Comment